चितवनमा धारिलो हतियार प्रहार गरी आमाको हत्या « Khabarhub

चितवनमा धारिलो हतियार प्रहार गरी आमाको हत्या


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए ।

उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् ।

छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : २० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ