हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन « Khabarhub

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा दुई दिने सम्मेलन तथा प्रदर्शनी सुरु भएको हो । बागमती प्रदेशका महिलाहरुले सञ्चालन गरेको घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनको लागि सम्मेलनको आयोजना गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

उत्पादन, सेवा विस्तार, गुणस्तर सुधार र नयाँ वस्तुको बजारीकरणमा थप योगदान पुग्ने हेतुले सम्मेलनको आयोजना गरिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले उद्यमीलाई थप तालिम तथा सीप विकासका लागि १५ करोड रकम बजेटमा राखिएको बताए ।

‘मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको । नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मुल नाराका साथ प्रदर्शनी सुरु गरिएको हो । मंगलबार सम्म सञ्चालन हुने सम्मेलनमा ५० वटा स्टल राखिएको छ । उक्त उपज प्रदर्शनीमा हस्तकला, कपडा, बुटिक, डल कुसन, खाद्य पदार्थ, पोतेमाला लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ । प्रदेशका १३ वटै जिल्लाबाट सम्मेलनमा महिला उद्यमी सहभागिता जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको सभाध्यक्षमा भएको सम्मेलनमा राज्यमन्त्री रजनी अमात्य जोन्छे, घरेलु तथा साना व्यवसायी महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष सुवास प्रसाद गिरी, महासंघको महिला उद्यमीको केन्द्रीय अध्यक्ष रोशनी उपाध्याय, महासंघको बागमती प्रदेशका कार्यबाहक अध्यक्ष तानानाथ चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ४४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा