गाउँपालिका अध्यक्षको गाडी वृद्धवृद्धा र अशक्तका लागि | Khabarhub Khabarhub

गाउँपालिका अध्यक्षको गाडी वृद्धवृद्धा र अशक्तका लागि


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्षको सवारी साधन निःशुल्क उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको गाउँपालिकाका साहले जानकारी दिए ।

यसैगरी गाउँपालिका भित्रका बिरामीको उपचारका लागि पालिकाबाट वीरगञ्ज कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न वा ती स्वास्थ्य संस्थाबाट उपचार गरी घरसम्म आउन इन्धन खर्चबापत न्यूनतम शुल्कप्रति बिरामी रु पाँच लिई गाउँपालिको एम्बुलेन्सबाट ल्याउने लैजान गरी व्यवस्थापन मिलाउने योजना रहेको पालिका अध्यक्ष तिवारीले जानकारी दिए ।

वीरगञ्ज बजारबाट न्यूनतम करिब १० देखि अधिकतम २५ किलोमिटर क्षेत्रभित्र बिन्दबासिनी गाउँपालिका पर्दछ । विशेष गरी पालिका भित्रका हरेक बिरामीलाई यसरी न्यूनतम इन्धन शुल्क लिएर बिरामीलाई वीरगञ्जका कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि बिरामी लैजाने वा ल्याउने व्यवस्थाले पालिका भित्रका सबैजसो बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ०५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले