शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन « Khabarhub

शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

‘ई–पेमेन्ट सेवा सुरु भएसँगै चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ, ’ उनले, ‘यसका माध्यमबाट सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा दिन सकिनेछ । यस कार्यले हिसाब मिलानमा समेत निकै सहज हुन्छ । समयको बचत हुन्छ । कर्मचारीको कार्यबोझ घटछ ।’

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने उनले उल्लेख गरे । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने उनले बताए ।

‘यस महिनासम्म ई–पेमेन्ट सेवा र चेक काट्ने कार्यलाई नै निरन्तरता हुन्छ, ’ लेखा शाखाका कम्प्युटर अपरेटर राजेश ऐरले भने, ‘साउन महिनादेखि पूर्ण रुपमा नगरपालिकाको आर्थिक कारोबार ई–पेमेन्ट प्रणालीमार्फत नै हुन्छ ।’ स्थानीय तहको बजेट तर्जुमा लेखाङ्कन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत यो सेवा सञ्चालन गरिएको छ।

आगामी आवदेखि यसै सफ्टवेयरको प्रयोग गरी बजेट तर्जुमा, लेखाङ्कन र प्रतिवेदनका कार्यसमेत यसै सफ्टवेयरमार्फत हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । उनका अनुसार यो प्रणाली लागू गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (५) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिमको विवरण पठाउन सहज हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० मा मन्त्रालयले स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता कायम गर्न तथा पारदर्शिता र जफावदेहीता प्रवद्र्धन गर्न यो प्रणाली लागू गरेको हो । आव २०७६-७७ देखि नै बजेट तयारी, लेखाङ्कन तथा प्रतिवेदनजस्ता कार्य सूत्रमार्फत गर्ने व्यवस्था मिलाउने भनिए पनि धेरै स्थानीय तहले यस प्रणालीलाई लागू गर्न सकेका छैनन् ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोग गरी बजेट स्वीकृत गराउने कार्य दोधारा चाँदनी नगरपालिकाले दुई वर्षदेखि गर्दै आएको छ । महालेखा नियन्त्रक कार्यालयले दोधारा चाँदनीलाई बजेट सूत्र प्रणालीमा प्रविष्ट गरी स्वीकृत गराउँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका