टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’ « Khabarhub

टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ ।

२९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे। ओली पोपले ८२ जोडे।

यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इंग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो ।

इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए ।

यसअघि इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका