बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकमाथिको बजेटमा छलफल हुने « Khabarhub

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकमाथिको बजेटमा छलफल हुने


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको छ।

आजको बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

आइतबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल भएको थियो। त्यस दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो ।

प्रदेश सरकारले आगामी वर्षको लागि ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ०४ बजे

नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

काठमाडौँ – आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ ।

काठमाडौँ उपत्यकामा भारी वर्षा : जेठ १८ गतेसम्म नै मौसम बदली रहने

काठमाडौँ – बिहीबार राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला