कोसी ब्यारेज नजिक ट्रकमा आगलागी « Khabarhub

कोसी ब्यारेज नजिक ट्रकमा आगलागी


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा ना६ख ५२६३ नंको ट्रकमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

चकलेट खाली गरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक ब्याट्री सर्ट भई सो आगो लागेको प्रहरीको भनाइ छ । आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएको छ ।

ट्रकमा आगलागी भएपछि तत्काल इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कङ्कालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभाएका थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : २३ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको