सुटिङमै सक्रिय आलिया « Khabarhub

सुटिङमै सक्रिय आलिया


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्बिर राखेकी थिइन् । ‘हाम्रो बच्चा, चाँडै आउँदै छ’, उनले क्याप्सनमा लेखेकी छन् ।

आलिया गर्भवती भएको खबर भाइरल भएपछि अब उनले आफ्नो प्रोजेक्टको काम के गर्छिन् भन्ने चासो उनका फ्यानसँगै फिल्मकर्मीमा पनि छ ।आलिया यति बेला लण्डनमा करियरको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङ गरिरहेकी छन् । उनी गर्भवती भएपछि आलियाले यो फिल्मको सुटिङ जारी राख्छिन् या राख्दिनन् ? भन्ने चासो सर्वत्र छ ।

तर आलियाको निकट स्रोतका अनुसार अहिले गर्भावस्थाको सुरुवाती चरण भएकाले आलियाले नेटफ्लिक्स फिल्मका लागि आफूले गरेको प्रतिबद्धता अनुसार उनले सुटिङ जारी राख्नेछिन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १५ बजे

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए

 नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको

अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर, अन्य पदमा यस्तो छ नतिजा

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको