सुटिङमै सक्रिय आलिया « Khabarhub

सुटिङमै सक्रिय आलिया


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्बिर राखेकी थिइन् । ‘हाम्रो बच्चा, चाँडै आउँदै छ’, उनले क्याप्सनमा लेखेकी छन् ।

आलिया गर्भवती भएको खबर भाइरल भएपछि अब उनले आफ्नो प्रोजेक्टको काम के गर्छिन् भन्ने चासो उनका फ्यानसँगै फिल्मकर्मीमा पनि छ ।आलिया यति बेला लण्डनमा करियरको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङ गरिरहेकी छन् । उनी गर्भवती भएपछि आलियाले यो फिल्मको सुटिङ जारी राख्छिन् या राख्दिनन् ? भन्ने चासो सर्वत्र छ ।

तर आलियाको निकट स्रोतका अनुसार अहिले गर्भावस्थाको सुरुवाती चरण भएकाले आलियाले नेटफ्लिक्स फिल्मका लागि आफूले गरेको प्रतिबद्धता अनुसार उनले सुटिङ जारी राख्नेछिन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १५ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक