भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा  « Khabarhub

भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनले बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग डुबानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौँ घर डुबानमा परेका छन्,’ ढकालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे। उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्थापित भएको बताए । बाँकी ठाउँबाट विस्थापित भएको सूचना नआएको उनको भनाइ छ । ‘गौरीगञ्ज–१ मा चार घर विस्थापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ५८ बजे

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री