खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित « Khabarhub

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीकै कारण मंगलबार काठमाडौँबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।

सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगन्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । ‘सडक सञ्जलासँग नजोडिएको हवाई मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौँबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौँमा डिले भएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : १७ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको