सप्तकोसी नदीमा पानीको बहाव बढ्यो | Khabarhub Khabarhub

 सप्तकोसी नदीमा पानीको बहाव बढ्यो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेन्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जल स्तर बढ्दो क्रममा छ । यसैबिच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ  ।

बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ०९ बजे

रोपाइँ पनि ठेक्कामा !

बागलुङ– काठेखोला गाउँपालिका– ७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

पर्सा- जिल्ला कारागार वीरगञ्ज पर्सामा एक जना चिकित्सकको दरबन्दी भए

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन