बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार | Khabarhub Khabarhub

बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले भने पुनः मतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ३९ बजे

रोपाइँ पनि ठेक्कामा !

बागलुङ– काठेखोला गाउँपालिका– ७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

पर्सा- जिल्ला कारागार वीरगञ्ज पर्सामा एक जना चिकित्सकको दरबन्दी भए

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन