नेपालगञ्जमा देखियो अनमोलको क्रेज « Khabarhub

नेपालगञ्जमा देखियो अनमोलको क्रेज


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्मको प्रचारमा व्यस्त रहेका अभिनेता अनमोल केसीले नेपालगञ्ज पुगेर त्यहाँका फ्यानसँग भेटघाट गरेका छन् । नेपालगञ्जमा आयोजना गरिएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटक महोत्सव २०७५’ मा आएका फ्यानसँग उनले फिल्मको प्रचार गर्दै सेल्फीसमेत लिए ।

सोही कार्यक्रमका लागि फिल्म ‘क्याप्टेन’ निर्माण टिम नेपालगञ्ज पुगेको थियो ।

तस्वीर – दिनेश सिटौला

महोत्सवमा अनमोल आउने थाहा पाएपछि उनलाई हेर्न लामो समयदेखि दर्शक प्रतीक्षामा थिए । अनमोलले दर्शकसँग मञ्चबाटै केही प्रश्न समेत सोध्न भ्याएका थिए भने फिल्मका केही संवाद र ‘रहर छ सँगै’ बोलको गीतका केही स्टेप समेत शेयर गरेका थिए । अनमोलले उक्त भीडको सेल्फीलाई सामाजिक सञ्जाल फेसबूकमा पनि शेयर गरेका छन् ।

महोत्सवकै लागि भनेर अभिनेता भुवन केसी र निरुता सिंह पनि त्यहाँ पुगेका छन् । दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म ‘क्याप्टेन’ आउँदो फागुन १७ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै