सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह | Khabarhub Khabarhub

सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह



दोहा – साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा मिलाइ दिने र सेटिङ गरेर नेपाल पठाइदिने भनेर कसैले भनेमा साउदी प्रहरीलाई खबर गर्न आग्रह गरेको हो ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने, यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु नपर्ने, दूतावासमा आफूले चिनेका मान्छे भएको र यति पैसा लाग्छ भन्ने व्यक्तिको विश्वास नगर्न दूतावासले आग्रह गरेको छ ।

त्यसैगरी, कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिने लगायतका कुराहरु गरेमा उक्त व्यक्तिको बारेमा साउदी प्रहरीको ९११ नम्बरमा तुरुन्तै खबर गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावास रियाद र महावाणिज्यदूतावासले मात्र एक्जिट भिसा प्रोसेसिङ गर्ने, एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क भएको तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेको, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म कम्पनीले इकामा बनाइदिएको छैन वा कम्पनीले हुरूब लगाइदिएको छ भने मात्रै राजदूतावास वा महावाणिज्यदूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न मिल्ने दूतावासले जनाएको छ । साथै इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न नमिल्ने जनाइएको छ ।

जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा एकिन गर्न दूतावासले अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको काम दूतावासबाट हुनेछ । रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सक्ने दूतावासले जनाएको छ।

एक्जिट भिसा प्रोसेसिङका लागि मोवाइल नम्बर ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३३ बजे

‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान

स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै