रुस-युक्रेन युद्ध : ६ दशमलव २ मिलियन मानिस देशभित्रै विस्थापित « Khabarhub

रुस-युक्रेन युद्ध : ६ दशमलव २ मिलियन मानिस देशभित्रै विस्थापित


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमा रुसको आक्रमणका कारण हालसम्म ६ दशमलव २ मिलियनभन्दा बढी मानिसहरू घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ ।

यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलव २६ मिलियन मानिसहरूको अतिरिक्त हो ।

जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुअरीमा रुसी आक्रमणपछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।

फेब्रुअरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका (देशभित्र र बाहिर) ५ दशमलव ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ५७ बजे

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद