थप ६१ फिल्मकर्मीलाई सरकारी परिचयपत्र दिइने | Khabarhub Khabarhub

थप ६१ फिल्मकर्मीलाई सरकारी परिचयपत्र दिइने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले थप ६१ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गर्ने भएको छ । भुवन केसी, सन्तोष पन्त, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, दयाराम दाहालसहितका फिल्मकर्मीले बिहीबार विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने भएका हुन् । आर्थिक वर्ष २०७३/७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गर्न लागिएको बोर्डले जनाएको छ ।

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । यसपटक अध्यक्षबिना नै बोर्डले वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ । बिहीबार आयोजना हुने चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र वितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : १५ बजे

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण