खाडीका ६ देशमा तापक्रम बढेसँगै दिउँसो काम गर्न रोक « Khabarhub

खाडीका ६ देशमा तापक्रम बढेसँगै दिउँसो काम गर्न रोक


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत एक हप्तादेखि बढेको तापक्रमका कारण खाडीका देशको जनजीवन प्रभावित भएको छ । खाडीका ६ देशले तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको छ ।

बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय श्रमिकलाई काम नलगाउन रोजगारदाता कम्पनीलाई उर्दी जारी गरेको अरबी न्यूजले समाचार सम्प्रेक्षण गरेको छ ।

यस्तै, बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

मध्याह्नमा काम लगाउने रोजगारदाता कम्पनीलाई कानूनी कारबाही हुने चेतवानी समेत दिएको छ । निर्णय उल्लंघन गर्ने कम्पनीलाई आर्थिक कारबाही गरिने जनाइएको छ ।

खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च  विन्दुमा पुगेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको समाचार जनाइएको छ ।

अन्य देशमा दैनिक ६० डिग्री तापक्रम पुग्ने गरेको छ । खाडीका देशमा करिब २० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले पनि दिन बाहिर नहिडन त्यहाँ रहेका नेपाली अपिल गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : ५८ बजे

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो