पुटिनले युक्रेनमा दुष्ट काम गरे : जोनसन « Khabarhub

पुटिनले युक्रेनमा दुष्ट काम गरे : जोनसन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन्, त्यो नराम्रो छ । ’

उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडमा नेटो नेताहरुको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ ।

रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ६ : ५३ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७