एथलेटिक्सका रेफ्री र निर्णायकको ‘सेमिनार’ सुरु « Khabarhub

एथलेटिक्सका रेफ्री र निर्णायकको ‘सेमिनार’ सुरु


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरू पोखरामा जम्मा भएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरूलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।

तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरूमा समर्पण र अनुशासन हुनुपर्ने बताए ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरू बढेसँगै सक्षम निर्णायकहरूको आवश्यकता बढेकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सेमिनारमा एथलेटिक्सका विज्ञ सुशील नरसिंह राणाले सहजीकरण गरेका छन् । कार्यक्रममा २५ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : २२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल