राइनास नगरपालिकाको नीति तथा कार्यक्रम : दूध र कोदो उत्पादनमा अनुदान « Khabarhub

राइनास नगरपालिकाको नीति तथा कार्यक्रम : दूध र कोदो उत्पादनमा अनुदान


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिकाले कृषि क्षेत्रलाई विकासको प्राथमिक क्षेत्रको रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाको विकासका लागि आधुनिक कृषि प्रणाली तथा आन्तरिक कृषि उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

आर्थिक विकासका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले उत्पादनमा आधारित अनुदान, यान्त्रिकरण, सामूहिक खेती प्रणाली, कृषि एवं पशु बिमा कार्यक्रम, कृषि उपज संकलन केन्द्र, रैथाने बाली संरक्षण कार्यक्रम नश्ल सुधार कार्यक्रम, एक वडा एक कृषि प्राविधिक, एक गाउँ एक उत्पादनको अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ ।

नगरपालिकाले कृषि अनुदानलाई प्रत्यक्ष उत्पादनसँग आबद्ध गराउन आगामी आर्थिक वर्षदेखि दूध र कोदोमा अनुदान उपलब्ध गराउने भएको छ । नगरपालिकाको दशौँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खड्गबहादुर गुरुङले दूध उत्पादनमा प्रति लिटर ३ रुपैयाँ र कोदो उत्पादनमा परिणामको न्यूनतम बजार मूल्यमा २५ प्रतिशतसम्म नगद अनुदान दिइने बताए ।

पशुपालक कृषकलाई लक्षित गरी दशैँतिहार हाट बजार कार्यक्रम आयोजना गरिने र हाटबजारमा खसी, बोका तथा भेँडा बिक्री गर्दा नगरपालिकाले प्रति किलो २० रुपैयाँसम्म अनुदान दिने भएको छ । एक वडा एक प्रमुख बाली र पशुपालनलाई अभियानकै रुपमा सञ्चालन गर्ने नीति अनुसार वडा नम्बर १, २, ३ र ४ को राइनासटार नहर माथिको क्षेत्रलाई मकै बाली र बाख्रापालन क्षेत्रको रुपमा विकास गर्ने र तल्लो क्षेत्रमा दूध र धानबाली उत्पादन क्षेत्रको रुपमा लिइने भएको छ ।

वडा नम्बर ५ लाई दूध, धानवाली र मसलाबाली, ६, ७ र ८ नम्बर वडालाई धानवाली, दूध उत्पादन, बंगुर र मत्यपालन क्षेत्रको रुपमा विकास गरिने भएको छ भने वडा नम्बर ८ को उपल्लो क्षेत्र, वडा नम्बर ९ र १० लाई बाख्रा, मौरी र फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति ल्याइएको नगरप्रमुख गुरुङले बताए ।

नगरपालिकाले आधुनिक कृषि प्रणाली तथा बाँझो रहेको जग्गामा कृषि उत्पादनलाई प्राथमिकता दिइने, भूमि बैंक स्थापना गर्ने तथा खाली जग्गा भाडामा दिन तथा सामूहिक खेतीका लागि प्रोत्साहन गर्ने नीति ल्याएको छ । यान्त्रिकीकरण तथा व्यावसायीकरण गरी कृषि उत्पादनमा वृद्धि गरिने, भूउपयोगको नीति कार्यान्वयनमा ल्याइने, वडा नम्बर ५ मा नमुनाको रुपमा खतियोग्य जमिनको वैज्ञानिक चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ३१ बजे

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता

 सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

कर्णाली– नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारका

सीमा क्षेत्रबाट अवैध सामान तथा लागूऔषध बरामद

रुपन्देही– जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच