सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो « Khabarhub

सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ ।

यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ११ : ०० बजे

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान