१५ असारसम्म कर्णालीमा २५ प्रतिशत रोपाइँ « Khabarhub

१५ असारसम्म कर्णालीमा २५ प्रतिशत रोपाइँ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा १५ असारसम्म करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४२५ हेक्टर जमिनमध्ये १२ हजार १०० हेक्टरमा मात्र रोपाइँ सकिएको हो। लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बिउसमेत राख्न नपाएको गुनासो गरेका छन्। त्यसमा पनि मल नपाइनु, रोपेको बिउ पनि ब्याडमै सुक्नुलगायत कारण आफूहरू समस्यामा परेको किसानहरूले बताए।

सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ

यो वर्ष कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ भएको छ। सबैभन्दा कम डोल्पामा १४० हेक्टरमा रोपाइँ भएको छ। डोल्पामा २७६ हेक्टर मात्र मात्र धान खेती हुन्छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालका अनुसार कर्णालीमा सबैभन्दा बढी धान फल्ने सुर्खेतमा १३ हजार ५०२ हेक्टरमा धान खेती हुन्छ। मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब दुई हजार हेक्टरमा मात्र कोदो उत्पादन हुन्।

गत वर्ष २१ हजार मेट्रिक टन मात्रै कोदो उत्पादन भएको थियो। साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिने कर्णालीमा करिब पाँच हजार हेक्टरमा जौ उत्पादन भइरहेको छ। गत वर्ष साढे १४ हजार मेट्रिक टन जौँ उत्पादन भएको थियो। चिनो र कागुनो करिब तीन हजार हेक्टरमा खेती भइरहेको सचिव दाहालले बताए।

सुर्खेत, सल्यान, दैलेख र जुम्लामा प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन घट्दो

कर्णालीमा बढी धान उत्पादन हुने सुर्खेत, सल्यान, दैलेख र जुम्लामा धमाधम प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन भने बर्सेनि घटिरहेको मन्त्रालयले जनाएको छ। यो वर्ष धान उत्पादन हुने २८ प्रतिशत जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ।

कृषि विकास निर्देशक चित्रबहादुर रोकायले कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा ४५ हजार ४४९ हेक्टर क्षेत्रफलमा एक लाख ५५ हजार ७४१ मेट्रिक टन धान उत्पादन भएको थियो।

उनले कर्णालीमा कुल जमिनको ९/९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको जानकारी दिए। कर्णालीमा धानखेती हुने जमिनमध्ये झन्डै १७‍.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ०३ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको