प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन « Khabarhub

प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् ।

स्थानीय समय अनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।

युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेसनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए ।

वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतकाक विभिन्न निकायका पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : २२ बजे

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान