विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ  | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेत र मकवानपुरमा अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका–१० घर भएका २० वर्षीय दिनेश शाही छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब १५ केजी गाँजा सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय इन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा इन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  २ : १६ बजे

अभिनेत्री नीति शाहले सरकारसँग मागेको ‘भ्यानिटी भ्यान’ के हो ?

काठमाडौं– हालै अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूको सुरक्षा

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु (तस्बिरहरू)

काठमाडौं– एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।