गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका  | Khabarhub Khabarhub

गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुङ्गासँगै पौँठाजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजोआज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।

अन्य जिल्लाकै जस्तै मुगुका विद्यालयमा पनि पाठ्यपुस्तक आइपुगेको छैन । पुस्तकको अभावले विद्यालय जानुपर्ने बालबालिका खोलामा दिन बिताउने गर्छन् । पुस्तकमात्र होइन घरमा बिहान–बेलुका छाक टार्ने अन्न पनि छैन ।  कापीकलम किन्ने पैसा छैन । जसकारण विद्यालय जानुपर्ने उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् ।

बुबाआमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ प्रभात माध्यमिक विद्यालय रोवाका  कक्षा ४ मा अध्ययनरत छात्र १३ वर्षीय बिर्खराज बुढाले बताए। खान लाउन आर्थिक समस्या भएपछि गिट्टी कुट्न आएको उनी बताउँछन् ।  लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

बिर्खराज मात्र होइनन्, १४ वर्षीय मनोज ऐडीको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबा मजदुरी गर्छन् । तर, बुबाको आम्दानीले मात्रै दैनिकी चल्दैन । गिटी कुट्ने काम पनि मुस्किलले पाइने उनको गुनासो छ।

प्रभात माविमा अध्ययनरत यी बालबालिका उदाहरण मात्र हुन् । यहाँका अधिकांश विपन्न, गरिब र दलित बालबालिकाको अवस्था यस्तै छ । पढाई खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक हरिबहादुर विश्वकर्माले बताए । गिट्टी कुटेबापत उनीहरूले प्रतिबोरा ६० रुपैयाँमा पाउँछन् ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको