बाँकेमा पुनः ३ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

बाँकेमा पुनः ३ जनामा कोरोना सङ्क्रमण पुष्टि


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

उनले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए।

कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर खोप लगाउनसमेत आग्रह गरेका छन्। सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : ३५ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सन्तोष सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले