एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने « Khabarhub

एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ वेबसाइट,सर्भिस इन्टरनेट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी  एनआईसी एसीया मोबैंक एप, सर्भिस वेबसाइट  तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने भएको छ । साथै बैंकले यसअघि  एनसेल को नेटवर्कमा पनि एनआईसी मोबैंक  एप, सर्भिस , वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

वृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरूप ल्याएको यस निःशुल्क एनआईसी मोबैंक सर्भिस वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेल र एनटीसीका ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरू लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।

बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक हुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले  सेल्फ हेल्प बैंकिङको अभ्यासलाई सर्भिसमार्फत अघि बढाइरहेको छ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले सर्भिस  प्लेटफर्मको विकास गरी  एनआईसी एसिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मका आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : १९ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न