लेबनानमा चरम खाद्य संकट हुने सक्ने राष्ट्रसंघका अधिकारीको चेतावनी « Khabarhub

लेबनानमा चरम खाद्य संकट हुने सक्ने राष्ट्रसंघका अधिकारीको चेतावनी


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्यवृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए ।

उनले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए ।

लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भने, “युक्रेनी संकटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ । यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ ।”

“हाम्रो हालैको मूल्याङ्कनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो,” उनले भने ।

लेबनानको श्रम शक्तिको झण्डै एक तिहाइ बेरोजगार रहेको पनि उनले बताए ।

सन् २०१८–२०१९ मा यहाँ रहेको बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर सन् २०२२ मा २९.६ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ५७ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने