पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : बालेन साह | Khabarhub Khabarhub

पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : बालेन साह


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ,। अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो ।

“पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरूपमा हेरेका छौँ”, अनुगमनपछि प्रमुख साहले भने, “पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।”

अनुगमनका क्रममा पलेस्वा पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराए । अध्यक्ष डङ्गोलले भगवान् बहाल पुनःनिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा जानकारी दिँदै करिब रु चार करोड लागतमा बहाल पुनःनिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको बताइन् ।

सो रकममध्ये रु एक करोड ५० लाख कामपाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि रु साढे तीन करोड लागतको अनुमान छ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनःनिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५७ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने