पहिरोले पाँचथरमा तीन जना बेपत्ता « Khabarhub

पहिरोले पाँचथरमा तीन जना बेपत्ता


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपाकिामा तीनजना बेपत्ता भएका छन्।

फालेलुङ गाउँपालिका–७ मामा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन्।

दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्वार गरेका थिए। शुुक्रबार राति १० बजे उनीहरुलाई पहिरोले पुरेको थियो। उद्वारका लागि स्थानीय र सुरक्षाकर्मीको टोली परिचालन भएको छ।

पहिरोले पुरेको स्थानमा दुई थान मोवाइल भेटिए पनि बेपत्ता मानिस नभेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ०८ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

विदेश पठाइदिने भन्दै ४९ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको