केन्द्रीय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रीय समिति बैठक बस्दै | Khabarhub Khabarhub

केन्द्रीय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रीय समिति बैठक बस्दै


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठनलगायत समसामयिक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका अजेन्डा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले  भने  । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउन दिशामा  जानेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्यीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेश गर्दैछ । उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विद्येयकलगायतको विषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : १९ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले