कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु « Khabarhub

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर – गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ ।

तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए । ‘भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ ।

किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ’, उनले भने, ‘क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा रु ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई रु १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रु ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।’

एक किसानलाई रु ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । ‘मापदण्डअनुसार दिन थालिएको छ । यो राहत रकम हो’, चौधरीले भने, ‘किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ ।’ राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट रु दुई करोड ९२ लाख आएको छ । राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ । वडा नं १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बैंकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ ।

नगरपालिकाले अहिलेसम्म रु एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ ।

यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए । ‘प्रदेश सरकारबाट रकम आएको छ । हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौँ’, विकले भने ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : २९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल