पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला « Khabarhub

पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख र प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का १ जनाको शव फेला परेको हो

७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

शुक्रबार राति करिब १० बजेतिर पहिरोले घर बगाएको थियो। बेपत्ता एक जनाको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ३३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी