लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए | Khabarhub Khabarhub

लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन्।

जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैया बजेट ल्याएको छ ।

आसार ८ गते नै निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम र बजेट पारित गरेको नगरप्रमुख कृष्ण प्रसाद कोईरालाले बताए ।

नगरपालिकाले चालुतर्फ ६५ दशमलव ६ प्रतिशत अर्थात ५२ करोड ३२ लाख ८८ हजार रुपैया र पुँजीगत तर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात ३४ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९–८० को लागि ७५ करोड ५३ लाख तीन हजार रुपैया बजेट ल्याएको छ ।

आन्तरिक श्रोत तथा स्थानिय राजश्वबाट आठ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानिकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख अनुमान गरिएको छ ।

मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बरावरको बजेट ल्याएको नगरपालिकाले आगामि वर्षका लागि ५ करोड बढी बजेट ल्याएको हो ।

राइनास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५९ करोड ३९ लाख रुपैया प्रस्तावित बजेट पेश गरेको छ ।

गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका ५४ करोड ३९ लाख ४५ हजार नौसय ४२ रुपैया बरावरको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५७ लाख ४६ हजार रुपैया बजेट प्रस्ताव गरेको सूचना अधिकारी धर्म गुरुङले बताए । यस्तै क्व्होलासोँथर गाउँपालिकाले ३५ करोड १८ हजार रुपैया बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत वजेटमध्ये चालु तर्फ २५ करोड ८४ लाख १० हजार र पुँजीगत तर्फ ९ करोड १६ लाख ८ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुर्य गुरुङले वताए ।

जिल्लाको दुधपोखरी गाउँपालिकाले ३६ करोड ५१ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : २६ बजे

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ