लमजुङमा बालमैत्री अभियान अलपत्र « Khabarhub

लमजुङमा बालमैत्री अभियान अलपत्र


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो ।

सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा समेत छनोट गरिएका ४९ सूचक पूरा भएका छैनन् । सूचक पूरा हुनु त कता हो कता, अधिकांश विद्यालयका सूचकसमेत खस्कँदै गएका छन् । बनेका बालमैत्री शौचालय, धारा र कक्षाकोठा पनि पुरानै अवस्थामा पुगिसकेका छन । केही विद्यालयले भने अद्यावधिक राखेका छन्। ‘अभियानको अनुगमन र मूल्यांकन गरिदिने संस्था अभावमा बालमैत्री क्रियाकलाप ओझेलमा परेको छ,’ बेँसीशहरको जनकल्याण मावि चितीका अशोक श्रेष्ठले भने, ‘झकझक्याउने नभएपछि भएका काम अलपत्र पर्ने रहेछन् ।’

संघीयतापछि शिक्षाको अधिकार पालिका तहमा पुगेको छ । हरेक पालिकामा शिक्षा अधिकारीसहितको जनशक्ति व्यवस्थापन छ । शिक्षा शाखाबाटै बालमैत्री शिक्षण सिकाइ तथा बालमैत्री विद्यालय बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरबहादुर गुरुङले बताए । ‘ठोस कार्यक्रम कसैले पनि चालेको देखिँदैन, मुद्दा नै ओझेलमा परेको छ,’ गुरुङले भने, ‘सबै सूचक पूरा गर्न पालिकाले साझा अभियान चलाउनुपर्छ ।’

जिल्लाका ८ पालिकामध्ये बेँसीशहर नगरपालिकाले दुई वटा वडा बालमैत्री घोषणा गरेको छ भने ९ वटा वडालाई तीन वर्षभित्र पुरा गर्ने प्रतिवद्धता जनाएको छ । बालकल्याण समितिसमेत नरहेपछि अभियानमा चासो दिने कोही नभएको बालकल्याण मावि भकुण्डेका प्रधानाध्यपक तीर्थराज न्यौपाने बताउँछन् । पालिकास्तरीय शिक्षा शाखाले अभियानलाई अपनत्व दिएका छैनन्

हरेक विद्यालयमा बालक्लब गठन, योजना र क्रियाकलाप सञ्चालन गर्ने काम भएको छैन । जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालनमा आएपछि बालमैत्री अभियानसँगै विद्यालयमा बालक्लब गठन र जिल्लास्तरीय बालसञ्जाल समेत गठन गरेको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाका अधिकांश विद्यालयमा धेरै सूचक पूरा हुने क्रममा रहेको बताउँदै उनले भने, ‘आगामी तीन वर्षमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ । तोकिएका सूचक पूरा गर्न हरेक पटक अभिभावकदेखि शिक्षक र समुदायका अगुवासमेत सचेत बन्नुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १० बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०