अरुले विश्वास गर्दैनन्, आफैँ ‘साझा आमा’ बनेकी हुँ | Khabarhub Khabarhub

अरुले विश्वास गर्दैनन्, आफैँ ‘साझा आमा’ बनेकी हुँ


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

समाजमा अनेक किसीमका मान्छे छन् । कोही नयाँ जीवनका लागि नयाँ मान्छेसँग नाता र सम्बन्ध बनाउँछन् । तर त्यो सबैका लागि हितकर हुँदैन । नयाँ जीवन चाहने मान्छेले कैयौँको जीवन बर्बाद पारेका छन् । अरुको बर्बादीबाट बेसहारा बनेका सन्तानहरुलाई संरक्षण दिएर नयाँ जीवनको सुरुवात गर्ने हिम्मत बटुलेकी एक आमा हुन्, इन्दिरा राना । जसले सुरुवातमा थुप्रै संघर्ष गरिन् । थुप्रै चुनौति झेलिन् । अहिले सडकमा, कैदीबन्दीमा, अरुको लापरबाहीले सडकमा आएका अबोध बालकलाई संरक्षण दिएर आमा बन्दै नयाँ जीवन दिन सफल भएकी छन् । उनको संघर्ष र सफलताको अनुभवको बारेमा खबहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

आज सबैको साझा आमा भनेर चिनाउन पाउँदा गर्व लाग्छ ?
कोभिडपछि चिल्ड्रेन होम भिजिट गर्न पाएको थिएन । अहिले भिजिट गर्दैछु । कोभिड महामारी पश्चात झापा, सप्तरी, पाल्पामा रहेको हाम्रो चिल्ड्रेन होमको भिजिट गरे । नयाँ सेसन लाग्यो बच्चाहरूको उद्धार गर्ने काम अहिले पनि भइरहेको छ । कोही बच्चाहरू बुबा आमा छुटेर लान मन लाग्यो भने जुन सुकै बेला लान सक्नुहुन्छ । कोभिडको लकडाउनको बेला बाटोमा रहेको बेसहारालाई खाना खुवाउने काम गरेँ । सो क्रममा धेरै मान्छेसँग कनेक्ट भए । त्यही बेला के सोच आयो भने मान्छे ती वटा कुराले परिस्थिति बेसहारा बन्छ भन्ने लाग्यो । शिक्षाको कमी, गरिबले गर्दा अवसर नपाएर र अपराधको कारणले मानिसहर दयनीय जीवन जिउन बाध्य भएको देखे । त्यस्तै बाबु आमा आपराधिक गतिविधिमा संलग्न भएको छ भने छोराछोरीले त्यसैका आधारमा रोजगारी जसका कारण उनीहरूले कोभिडको बेला दयनीय अवस्थामा बसिरहेको देखे ।

त्यसलाई हिट गर्ने तरिकाले काम गर्ने गरेको छु । कोभिडको बेला पनि एक छाक खानाको लागि उनीहरु जेल जान नपरोस् भनेर खानेकुराहरू प्याक गरेर काठमाण्डौको ठमेल देखि लिएर पशुपति लगायतका ठाउँहरूमा गरेर तिहार पछाडिसम्म कोभिडको बेला खाना खुवाउने काम गरेँ । जसले मलाई आत्मसन्तुष्टि दियो भनौँ न ।

अहिले चाँहि मेलै छानेर दुख पाएका महिलाहरूलाई साथ दिने गरेकी छु । जो बिरामी हुनुहुन्छ काम पाएको छैन । उहाँहरूलाई छात्रवृत्तिको पनि व्यवस्था गरेकी छु । त्यस्तै गरि बच्चालाई खेल्नको लागि एउटा प्लेग्राउण्ड पनि बनाएका छौँ । आमाहरू पनि आउनुहुन्छ उहाँहरूलाई पनि चामलहरु दिने र नेपाल भरि भएको शैक्षिक सहयोगी स्कुलहरू चलाएका छौँ । हाम्रै १५ जना बच्चाहरू हुनुहुन्छ । उनीहरूलाई नै म्यानेज गर्नैपर्छ ।

बाल्यअवस्थाका १८ वर्षको उमेरमा यसरी समाज सेवामा लाग्नुभयो । कैदीबन्दीमा बस्ने बालबालिकालाई उच्च शिक्षा दिनु पर्दछ भन्ने प्रेरणा कहाँ कहाँबाट पाउनु भयो ?
मैले कक्षा ५ बाट आफ्नो औपचारिक शिक्षा सुरु गरे त्यसको लागि धेरै संघर्ष गर्नुपर्यो । आफैँले सिन्का कोरेर र त्यो भन्दा अगाडिको पढाई पुरा गरेकी हुँ । मैले पनि धेरै संघर्षले पढेको कारण अल्पङ्ख्यकलाई पढाउनुपर्छ भन्ने सोच आउथ्यो । म पढ्दा पढ्दै पनि साथी भाइ तथा दिदीबहिनीलाई एक एक रुपैयाँ जम्मा गरेर सहयोग गरेँ । म पढ्दा पढ्दै पनि त्यो बेलामा बत्ती पनि हुँदैनथ्यो । सानो सानो औषधिको बोतल कापीका टुक्की बालेर अरु साथीभाइलाई नि पढायौँ । घरको बसाइसँगै काठमाडौँ आएर कामको खोजीमा त्यसपछि अमृत बोर्डिङमा शिक्षिकाको अध्यापन गराउने अवसर पाएँ । त्यसै क्रममा पारिजातसँग मेरो भेट भयो ।

पारिजात मेरो प्रेरणाको स्रोत पनि हुनुहुन्छ । उहाँले जेलमा रहेका कैदीहरुसँग भेट गराई दिनु भयो । पारिजात दिदीसँग जेलमा निरीक्षण गर्न गर्यौ । त्यहाँ जेल जीवन बिताइरहेका महिला बन्दीको अवस्था एकदमै पीडादायी देखे । उनीहरूको न राम्रो खाना थियो । न राम्रो लुगा नै । यत्ति सम्म कि उनीहरु आफू के कारणले जेल जीवन बिताइरहेको छु भन्ने पनि थाहा थिएन । अझ राजनीतिक प्रभावबाट आएको बन्दीलाई बासमतीको चामलको खाना दिइन्थ्यो भने अन्य बन्दीलाई भने कमसल खालको खाना दिइन्थ्यो । जसले गर्दा एकदमै खल्लो महसुस भयो मलाई । त्यस्तै निर्दोष बच्चाहरू जो बाबा आमाको कारणले जेलमा परेको देख्दा मन चिढियो । आफुस पनि युवा अवस्थामा हिँड्दै गर्दा मेरो मानसपटलमा त्यो देख्दा बाबु आमाको कारणले गर्दा किन उनीहरूले सजाय भोग्नुपर्ने भनेर यो अन्याय हो भन्ने लाग्यो कुरा आयो । म मेरो जीवनमा राजनीतिक भन्दा पनि उनीहरूको जीवन बनाउँछु भन्नेतिर लाग्यो । यसलाई नै मेरो जीवनको गन्तव्य बनाउँछु भन्ने लाग्यो । जुन त्यो बेलाको परिवेशमा चुनौतीको काम थियो ।

त्यो बेला एउटा बन्दीगृहमा बस्ने बालबालिकालाई समाजले हेर्ने दृष्टिकोण नितान्त फरक थियो । आफुलाई कसरी अगाडि बढाउनुभयो ?  
एकदमै बन्दीमा बस्ने बालबालिका भनेपछि समाजले हेर्ने दृष्टिकोण नितान्त फरक थियो । हामीलाई पनि समाजले हेर्ने दृष्टिकोण फरक थियो । मलाई सबैले बन्दीमा बसिरहेको बालबालिकालाई संरक्षण गर्न किन तिमीलाई किन पर्यो ? भन्ने प्रश्नहरू पनि उब्जाउनु हुन्थ्यो । यसरी अपराधीको बालबच्चालाई संरक्षण गर्नु भनेको तिमीले पनि सर्पोट गर्नु हो भन्ने कुरा पनि उठ्यो । त्यतिमात्र नभएर अपराधीको बच्चालाई हेरचाह गर्नु भनेको अपराधलाई तिमीले पनि थप हौसला गरेको हो भन्ने दोष पनि आयो । त्यो बेला मैले हिजो उसको अभिभावकले के गर्यो मलाई मतबल छैन् । तर उनीहरु आमाबुबाको कारणबाट आफ्नो जीवन अन्धकारतिर धकेल्नु हुँदैन । म यसका लागी लागी पर्नेछु भनेर मैले जवाफ दिए । कसैका पनि जेलको अवस्था एकदम दयनीय थियो । मानौँ खराब भएर जेलमा लग्यो फेरी उ बिरामी भएर भोलि समाजमा नै हुल्ने कुरा त आएन नि हैन र ? जेलमा बस्दा पनि एउटा स्वच्छ व्यक्ति फर्केर आउनुपर्छ भन्ने सोच बनाए । जसका कारण त्यो कुरामा सेफर सोसाइटी निर्माण गर्नुपर्छ भन्ने धारणा लिए ।

त्यो संस्था स्थापना गर्दा आर्थिक स्रोतहरु कसरी जुटाउनुभयो ?
त्यो बेलामा संस्था स्थापना गर्दा आर्थिक स्रोतहरू केही थिएन । पारिजात दिदीले लेखेकोबाट किताबबाट केही रकम दिने त्यहीबाट जेल जीवन बिताइरहेका कैदीहरूलाई केही सहयोग गथ्र्यौ । २०५० सालमा पारिजात दिदी बित्नुभयो । सेन्टिनेट भन्ने एउटा संस्था आयो जसले चाही जेलभरीको बच्चाहरूलाई उद्धार गर्ने भन्ने कुरा आयो । अनौपचारिक रुपमा भए पनि ४ वर्ष काम गरिसकेका थियो । मैले लाइफ मेम्बरको रुपमा त्यहाँ काम गर्ने अवसर पाँए । त्यही क्रममा नेपालभरका बालबालिकालाई आफ्नो परिवारसँगै लगेर पुन मिलन गराउने अथवा उनीहरूको परिवार छैन भने संस्थामा ल्याएर राख्दिने काम गथ्र्यौ

त्यसपछि पाम मा र सेन्टिनेटमा १० वर्ष काम गरिसकेपछि सन् २००० मा पीए नेपालको स्थापना गरे । जसमा दुई वटा कोठाबाट सञ्चालनमा ल्याएको यस संस्थामा बन्दीमा रहेका केही बालबालिकालाई संरक्षण गर्ने सुरु गर्यौ । त्यही क्रममा मेरो वैवाहिक जीवन चलिरहेको अवस्थामा श्रीमानले कि तिमी यो सबै कुरा त्याग कि मलाई भन्ने कुरा गर्नुभयो ? सोचे श्रीमान् भनेको त आफूले गर्ने कुरामा साथ सहयोग हौसला गर्ने पो हो त । बच्चालाई नै रोज्छु भन्ने भयो । आफ्नो गन्तव्यलाई अगाडि बढाए । सुरुमा मेरो छोरीसँग तीन वर्ष काम गर्दा गर्दै विस्तारै हाम्रो टिम संख्या बढेर ९ जना भयौँ । यसरी पिए नेपालको स्थापना भयो भनौँ । हालसम्म पीए नेपालबाट मैले अभिभावकत्व दिएको बालबच्चाहरू कोही ब्रिटिश लाहुरे भएका छन् । कोही नर्स छन् । कोही अन्य पेशामा लागिरहेका छन् । जे होस् मैलै हुर्काएको बच्चाहरू आत्मनिर्भर बनेका छन् । जीवनमा आत्मनिर्भर बनाउन सिकाउँछु ।

यसरी सुरु भएको मेरो यात्रा हाल १५ वटा चिल्ड्रेन होम छ । जसमा चाही ४ वटामा अन्य दातृ निकायबाट सहयोग आउँछ भने अन्यमा आफैले सहयोग जुटाएर चलाइरहेका छौँ । साखुमा हाम्रो चिल्ड्रेन होममा ८५ जना बच्चाहरू छन् । त्यसमा दिवा हेरचाह केन्द्र छ । जहाँ ५ वर्षभन्दा मुनिका बच्चाहरू राखिन्छ । यस्तै सप्तरीमा पनि डे केयर छ जहाँ ३० जना सिमान्तकृत समुदायका बालबच्चाहरु रहेका छन् । यस्तै आफ्नो गृह जिल्ला झापामा सन् २००५ मा अशोका फेल्लोबाट पाएको पहिलो स्टिफन २२ हजार रुपैयाँले सही ठाउँमा सदुपयोग गर्छु भन्ने भयो । मैले त्यहाँ झुपडी जस्तो टिनले बारेको वैकल्पिकको रुपमा विद्यालयको स्थापना गरे । पछि त्यो विद्यालय प्राइमरी लेभलको भयो र आज सरकारले त्यसलाई पहिचान गर्यो । आज सोही विद्यालयमा सरकारले शिक्षक दरबन्दी गरेको छ । यस्तै झापामा नै अन्य दातृ निकाय तथा साथीभाइकाे सहयोगले थप ब्वाइज होम चिल्ड्रेन केयर सञ्चालन गरिरहेका छौँ । यस्तै पाल्पा बुढानिलकण्ठमा नयाँ बजारमा पनि संस्था चलिरहेको छ ।

आर्थिक स्रोत जति सस्ंथा चलाउनको लागि जुन बाल बालिकाको उच्च शिक्षाको लागि त्यो सहयोग परेको छ कि छैन ?
उच्च शिक्षा भनेर हुँदैन् । बच्चाको आवश्यकता हेरेर बच्चाको पढाई राम्रो भयो भने उनीहरु १८ वर्ष पुगेपछि उनीहरूलाई आत्म निर्भर बनाउन लाग्छौँ । पीए नेपालमा नै आबद्ध भएर रोजगारीको अवसर जुटाइदिन्छौँउनीहरूले उच्च शिक्षा लिने क्रममा पकेट मनि दिने गरिन्छ । त्यसबापत उनीहरूले संस्थालाई सहयोगी हुने काम गर्छन् । हाम्रो पीए नेपालमा हुर्केका बालबालिका जो राम्रो छ उनीहरु नै संस्थामा आबद्ध छन् । उनीहरु विदेश गएर पढ्न चाहन्छ भने त्यसको वातावरण बनाउने काम पनि गर्दै आएका छौँ । यसपालि दुई जना छोरीहरूले मास्टर डिग्रीको पढाई सिध्यायो ।

यसरी आफुले हुर्काएको बच्चाहरु देश विदेशमा रहेर पनि आमा भनेर सम्झिदा कस्तो अनुभूति गर्नुहुन्छ ?

मलाई एकदमै खुसी लाग्छ । म पीए नेपालमा हुर्किएको मेरो बच्चाहरूलाई सबै खालको अवसर दिएका छौँ । एउटा छोरो ब्रिटिस आर्मी भएको ८ वर्ष भयो । अर्की छोरी जुन २ वर्षका हुँदादेखि हुर्काएका थियौँ । उसको नागरिकता बनाउन केही बाधा भयो आमाले २ वर्षमा नै छोडेको तर त्यहाँको मेयरबाट मुचुल्का उठाएर उसको नागरिकता बनायौँ । उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर आइसकेकी थिइन् । नागरिकता बनेसँगै १८ वर्षमुनिको अन्तर्राष्ट्रिय खेलमा पनि खेल्ने अवसर पाएकी छिन् । खुसी लाग्छ ।

समाजको लागि निकै प्रेरणदायी काम गर्नु भएको छ । सबैको अभिभाकत्व ग्रहण गरिरहँदा समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
म एक्लैले गर्न सक्ने होइन । सबैको साथ सहयोगको आवश्यकता पर्छ नै । यसै सन्दर्भका कुरा गर्नुपर्दा ५ वर्षमुनिको बच्चाहरूलाई चाँहि हामीले जेलमा नै आमाहरूसँग राखेर पोषणयुक्त खानेकुरा दिने उनीहरूलाई आधारभुत आवश्यकता अनुसार लत्ता कपडा पनि प्रदान गर्ने गछौँ । कोही कोहीको आमाहरूको मानसिक स्थिति कमजोर छ भने त्यो सानै बच्चालाई म आफै संरक्षणमा राख्ने गछौँ । मैले चाही हरेक छोरीलाई आमा बन्न सिकाएको छु । जसले गर्दा मेरा ठूला छोरीहरूले साना बालबच्चाको हेरचाह गर्ने काम गर्दै आएको छ । हाम्रो पाँच वटा आमाघर छन् । प्रत्येक आमाघरमा एउटा आमा हुनुहुन्छ । यस्तै पुरुषले कर्मचारीलाई चाही उनीहरूले मामा भनेर बोलाउँछन् । मैले प्रत्येक घरमा आमा राख्नुले उनीहरूलाई मेरो आमा हो भन्ने कुराको अधिकार र अनुभुति हुँदो रहेछ ।

कुनैपनि बालबालिका उनीहरुको आमा बाबा जेलमा गएका छन् भने उनीहरुलाई कसरी लिनु हुन्छ ?
हाम्रो एउटा प्रक्रिया हुन्छ । पहिला हामी निवेदन लिन्छौँ । भरसक उनीहरूको गाविसबाट गाविस निवेदन लिन्छौँ । बन्दी जीवन बिताइरहेका जेलरले ती बालबच्चाको आमाभित्र छ भनेर सिफारिस लिन्छौँ । कतिपय केशमा आमाको नै नागरिकता हुँदैन । जसले गर्दा प्रक्रियामा केही कठिनाइ हुन्छ । कतिपय संस्थाले लिन पनि मान्नुहुन्न । तर जन्मदर्ता नहुनाले बालबच्चाको नैसर्गिक हक अधिकार रहनन् हुँदैन । भविष्यमा मेरो छोराछोरी भनेर सम्पर्क गर्न आउनुभएन भने मिडियाको माध्यमबाट पनि उनीहरुलाई नागरिकता दिलाउने काम गरिरहेका छौँ । एकजनालाई मैले आफूले नै एडप्ट गरेकी छु ।

आज सबै ठाउँमा चर्चा र सफलता पाएको महसुस हुँदा विगतलाई फर्केर हेर्दा के सम्झिनुहुन्छ ?
सुरुबाट नै मैले मेरो सफलता मापन गरेजस्तो लाग्छ । प्रत्येक दिन जब म नयाँ ठाउँमा गएर बच्चालाई उसलाई राम्रो जीवन दिन सके त्यही नै सफलता हो जस्तो लाग्छ । आज जति पनि मेरा बालबच्चाहरू ठाउँमा पुगेको छ मलाई व्यक्तिगत रुपमा गर्व त लाग्छ नै । मेरो सबै भन्दा ठुलो सफलता त्यही हो जस्तो लाग्छ । विगतलाई मैले फर्केर हेर्दा डेढ सय रुपैयाँ तिरेर डेरा गरी बस्थे । त्यतिखेर १ गिलास स्वच्छ पानी पनि काठमाडौँमा पाइदैन् थियो । त्यो आवश्यकता पुरा गर्न सक्ने मेरो क्षमता थिएन । एउटा काँक्रोको भरमा हिँडे त्यो बेला १२ रुपैयाँ प्लेटमा खाना पाइँदा ६ रुपैयाँको आधा खाना लिएर खाने मान्छे म नै हुँ । गोरखकालीले त्यो बेला काठमाडौँमा दौड प्रतियोगिता गर्दा विना जुत्ता चप्पल खाली खुट्टा प्रतियोगितामा सहभागी हुने मान्छे म नै हुँ । आज जीवनमा आएका चुनौतीलाई पार गर्दे यो ठाउँमा आइपुगेको छु । त्यो नै मेरो लागि सबैभन्दा ठूलो सफलता हो जस्तो लाग्छ, मलाई । कति मान्छेले मलाई तपाई पछिको उत्तराधिकारी को भनेर पनि सोध्नुहुन्छ । जसले मलाई बुझछ मलाई प्रेरणा दिन्छन् उनीहरु नै मेरो उत्तराधिकारी हो भन्न चाहिन्छु

आज यसरी यो अवस्थासम्म आइपुगेर सफलता पाइरहँदा आफनो यो स्थानमा सफलता हासिल गर्न कुन आत्मविश्वासले आइपुग्नु भएको जस्तो लाग्छ ?
यहाँले भने जस्तै आज म यो अवस्थासम्म आइपुग्नुमा आत्मविश्वास धैर्यता, मिहिनेत अनि सबैभन्दा ठुलो कुरा इमान्दारिता रह्यो भनौँ । मैले पारदर्शिताका साथ इमान्दारिता देखाइन् । मलाई कसैले विश्वास गर्दैन नि होइन । अनि मेरो कडा परिश्रमले नै सफलता दिलायो । मेरो बच्चाप्रतिको लगाव स्नेह र उनीहरूको सामु आमा भनेर माया ममता पाएँ । सायद त्यो मेरो लागि भावनात्मक रुपमा ठुलो सफलता हो । आमाको सन्दर्भमा जोडिन बुबा पनि आमा बन्न सक्छ । यदि त्यो स्नेह दिन सकेको खण्डमा नारी भएको खण्डमा मात्र महिला पनि आमा बन्न सक्दिनन् । हामीले ममता दिन सक्ने गुण भएन भने प्रयास गरिरहनुपर्छ जस्तो लाग्छ मलाई । आमा बन्न हामीले धेरै कुराको त्याग गर्नुपर्छ ।

अन्त्यमा, सबै जनालाई के सन्देश दिन चाहनुहुन्छ ?
हामी महिला र पुरुष समान हो भनेर लैगिंक समानताको कुरा गछौँ । त्यो चाँहि घरबाट पहिला सुरुवात गर्नुपर्छ भन्न चाहन्छु । जसले गर्दा बालबालिकाले समाजमा महिला र पुरुषबीच असमानता छ है भनेर अनुभव गर्नुपर्दैन जस्तो लाग्छ । अनि अभिभावकलाई पनि आफ्नो बाल बच्चालाई समय दिनुस् भन्न चाहन्छु

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : ५८ बजे

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित

काठमाडौं – गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता

एमाले संसदीय बैठक जारी, संसद्को अवरोध र नीति कार्यक्रमबारे छलफल 

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आजको

ललितपुरको टिकाथलीबाट दोलखा हिँडेका वृद्धको काभ्रेमा वीभत्स हत्या, दाँतबाट खुल्यो पहिचान

काठमाडौं- गत वैशाख २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका, टिकाथलीस्थित निवासबाट

उपेन्द्र यादवको रिटमाथि सुनुवाइ जारी 

काठमाडौं– उपेन्द्र यादवले दायर गरेको  रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको

क्यान्सरको त्रास बढेपछि भारतीय मसलामा निगरानी, सरकार भन्छ–अनुसन्धानपछि प्रतिबन्धबारे सोचिने

काठमाडौं– भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र