आर्यनले दिए पासपोर्ट फिर्ता पाउन निवेदन « Khabarhub

आर्यनले दिए पासपोर्ट फिर्ता पाउन निवेदन


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्षको क्रुज लागूऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् ।

अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति तय गरेको छ । आर्यनलाई एनसीबीले गत वर्ष अक्टोबरको सुरुवातमा हाइप्रोफाइल लागूऔषध मामिलामा पक्राउ गरेको थियो । तर जाँच एजेन्सीले मेमा दायर आरोपपत्रमा उनको नाम आरोपीको रूपमा उल्लेख गरेको थिएन । आर्यनले जमानतको सर्तअनुसार अदालतमा आफ्नो पासपोर्ट जम्मा गरेका थिए ।

‘एनसीबीले ‘पर्याप्त प्रमाणको अभाव’ को कारण जनाउँदै आर्यन र अन्य पाँचलाई छोडेको थियो । बिहीबार आर्यनले आफ्ना वकिलको माध्यमबाट विशेष अदालतमा एक निवेदन दिँदै पासपोर्ट फिर्ता गर्न माग गरेका हुन् । तर निवेदनमा उनले आफ्नो नाम उल्लेख गरेका छैनन् । २४ वर्षे आर्यनलाई एनसीबीले गत वर्ष ३ अक्टोबरमा मुम्बईको तटबाट गोवा जाने एक जहाजमा छापा मारेपछि पक्राउ गरेको थियो । मुम्बई उच्च न्यायालयद्वारा जमानत दिनुअघि आर्यन २० दिन बढी समय जेलमा बसेका थिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : १० बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि