आर्यनले दिए पासपोर्ट फिर्ता पाउन निवेदन | Khabarhub Khabarhub

आर्यनले दिए पासपोर्ट फिर्ता पाउन निवेदन


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्षको क्रुज लागूऔषध मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) बाट क्लिन चिट पाएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले बिहीबार एक विशेष एनडीपीएस अदालतसमक्ष आफ्नो पासपोर्ट फिर्ता गर्न माग गर्दै निवेदन दिएका छन् ।

अदालतले एनसीबीलाई जवाफ दिन निर्देशन गरेको छ र मामिलाको सुनुवाइका लागि १३ जुलाईको मिति तय गरेको छ । आर्यनलाई एनसीबीले गत वर्ष अक्टोबरको सुरुवातमा हाइप्रोफाइल लागूऔषध मामिलामा पक्राउ गरेको थियो । तर जाँच एजेन्सीले मेमा दायर आरोपपत्रमा उनको नाम आरोपीको रूपमा उल्लेख गरेको थिएन । आर्यनले जमानतको सर्तअनुसार अदालतमा आफ्नो पासपोर्ट जम्मा गरेका थिए ।

‘एनसीबीले ‘पर्याप्त प्रमाणको अभाव’ को कारण जनाउँदै आर्यन र अन्य पाँचलाई छोडेको थियो । बिहीबार आर्यनले आफ्ना वकिलको माध्यमबाट विशेष अदालतमा एक निवेदन दिँदै पासपोर्ट फिर्ता गर्न माग गरेका हुन् । तर निवेदनमा उनले आफ्नो नाम उल्लेख गरेका छैनन् । २४ वर्षे आर्यनलाई एनसीबीले गत वर्ष ३ अक्टोबरमा मुम्बईको तटबाट गोवा जाने एक जहाजमा छापा मारेपछि पक्राउ गरेको थियो । मुम्बई उच्च न्यायालयद्वारा जमानत दिनुअघि आर्यन २० दिन बढी समय जेलमा बसेका थिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : १० बजे

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा