विकासका प्रयासलाई बिथोल्ने गतिविधि रोकौं: प्रधानमन्त्री | Khabarhub Khabarhub

विकासका प्रयासलाई बिथोल्ने गतिविधि रोकौं: प्रधानमन्त्री


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक हितका लागि विकासका प्रयासलाई विथोल्ने गतिविधि रोक्नुपर्ने बताएका छन् ।

उनले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा देखाएको चरित्रप्रति इंगित गर्दै विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रिवादी, संकीर्णवादी चरित्र देखिएको बताए ।

‘पछिल्लो समय हामी लोकतान्त्रिक शक्ति एकजुट भयौं, उपलब्धि हासिल गर्‍यौं । यो भनेको फलानै सरकारमा जानुपर्ने अरु बाहिरै बस्नुपर्ने भन्ने  पक्कै होइन ।’

उनले भने, ‘आफू भन्दा अरु आए स्वीकार्नुपर्छ भन्ने लोकतन्त्र हो । अर्थात आज जुन प्रवृत्ति देखा परेको छ यसले लोकतान्त्रिक अभ्यास अघि जाँदैन । म सबैलाई भन्न चाहान्छु । यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्नु सबैको दायित्व हो ।’

प्रधानमन्त्री ओलीले अहिलेको सरकार देशप्रति, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय हितप्रति सचेत रहेको बताए । उनले भने, ‘यो भनिएको मात्र होइन, गरिएको काम हो र राखिएको अडान हो । अलिहेको सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको मात्र होइन । आन्दोलनको लामो श्रृंखलको अग्रभागमा संघर्षको साक्षी बनेको हो । परिवर्तन साकार पारेर आएको सरकार हो ।’

उनले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अचानक फुत्त ननिस्किएको तर्क गरे । लामो संघर्षका उतार-चढावबाट आएकोले लोकतन्त्रको रक्षाप्रति सरकार प्रतिवद्ध रहेको बताए ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार लोकतान्त्रिक हकप्रति सजक छ । प्रेस स्वतन्त्रता, आवधिक प्रेस, मानवअधिकार प्रति प्रतिवद्ध छ । विकासका क्षेत्रमा पनि सरकारले उत्तिकै ध्यान दिएको छ । देश बनाउने अभिभार बोकेको अभियानमा संलग्न छ ।’

उनले सरकारले गरेको काम देखेर केही तत्वले साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको आरोप लगाए । सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतामा जोड दिँदै सरकारले सामाजिक न्याय र समानतालाई जोड दिएको बताए ।

उनले भने, ‘आज केही तत्व आत्तिएको देखिएको छ– समृद्धिका काम कसैले रोकेर रोकिने छैन । यो शासन र विकास मुल मन्त्र हो यो आत्मसातका साथ सरकार अघि बढ्छ ।’

प्रधानमन्त्री ओलीले यूरोप भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा विकास भएको जानकारी गराए । उनले नेपालको समृद्धिका विषयमा त्यहाँ जानकारी गराएको बताउँदै फ्रान्समा भएको भेटघाटका विषयमा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा कुरा भएको जानकारी दिए । त्यहाँका व्यापारीसँग पनि लगानीका विषयमा छलफल भएको जनाए ।

त्यसैगरी टर्कीका राष्ट्रपति, स्वीटजरल्याण्डका पूर्व राष्ट्रपति, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायतसँग छलफल भएको र यस छलफलले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रको भूमिका अब्बल बनेको दाबी गरे ।

गुठी सम्बन्धी विधेयकमा के भने ओलीले  ?

उनले २०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनाएको बताउँदै भने, ‘त्यसले राम्ररी काम गर्न सकेन भन्ने आवज उठेकै हो । उपयुक्त काम नभएपछि पुनर्गठन गर्दा सम्मानित अदालतबाट पुनर्स्थिापित भएको हो । यसलाई सुसञ्चालन गर्नका लागि प्राधिकरणका रुपमा लैजान मात्र खोजिएको हो ।’

उनले हाम्राे संस्कृतिको संरक्षण गर्नका लागि विधेयक ल्याउन लाग्दा उल्टो र भ्रमपूर्ण कुरा भएको बताए । उनले भने, ‘काठमाडौंभित्रका धार्मिक, निजी गुठीलाई हाम्रा संस्कृतिसँग जोडिएका छन् । यिनीहरुको सम्पत्तिको सुरक्षा होस् भन्ने हेतु हो, प्राधिकरणले गुठी सञ्चालन गर्ने भन्ने होइन । यो भ्रम सिर्जना गरिएको मात्र हो ।’

उनले आन्दोलनमा कस्ता कस्ता मान्छे छन् ? गुठीलाई कति माया गर्ने मान्छे छन् ? यसबारे आफू प्रस्ट भएको भन्दै कति मुर्तिहरु हराए, तिनीहरु हराउन नपाउन्, गायब हुन नपाउन्, सम्पदाहरु सुरक्षित होउन् भन्ने हाम्रो हेतु हो । तर यसमाथि भ्रम फैलाइएको आरोप लगाए ।

यतिबेला देशवासीले सोच्नुपर्ने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा विधेयक बन्यो माइतीघर मण्डला, अर्को बन्यो माइतीघर मण्डला, माइतीघर साँच्चिकै माइतीघर रहेन । जसो गरेपनि अनवरत आन्दोलन मात्र हुने ? ’

उनले लोकतन्त्रमा संवादबाट समाधानको उचित बाटो निस्किने बताए । लडाइ भइरहेका ठाउँमा सम्वादबाटै टुंगिन्छ । हाम्रो देशमा पनि लडाई भएको थियो, संवाद बाटै टुंगिएको हो ।

उनले भने, ‘आवेश र उत्तेजना फैलाएर सम्भव हुँदैन । सधैँ माइतीघर मण्डला र सडक संघर्ष गरिरहनुपर्ने अवस्था होइन । जनताप्रति उत्तरदायी सरकार जनताको हितमा काम गर्छ ।’

उनले भने, ‘जसका असन्तुष्टि छन्, म आह्वान गर्न चाहान्छु, छलफल गरौं । आफ्नै जिद्दिले निष्कर्ष निस्किँदैन । देशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने कुरा गरौं, समस्या समाधानका लागि लागि सरकार तयार छ ।’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ५ : ५८ बजे

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

ढाका– बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)

शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत

काठमाडौं– हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’ 

काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले