अमेरिकामा सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू « Khabarhub

अमेरिकामा सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।

राज्य सरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमाथि प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेश गर्नुपर्ने कानून पारित गरेको छ ।

न्यूयोर्कका डेमोक्रयाट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन् ।

सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ । गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकस्मिक बैठकले सो कानुन अनुमोदन गरेको हो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ४८ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन