समता अस्पतालका संचालक सञ्जेलसहित ४ जना पक्राउ « Khabarhub

समता अस्पतालका संचालक सञ्जेलसहित ४ जना पक्राउ


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धमा रहेको समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले अस्पताल संचालक सञ्जेलसहित ४ जनालाई पक्राउ गरेको हो ।

सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि तामाङको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको थियो। अस्पतालमा झुन्डिएको अवस्थामा शव फेला परेपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड समेत गरेका छन् ।

घटनाको विषयमा थप अनुसन्धान गर्न  प्रहरीले अस्पतालका संचालक सञ्जेल, उनकी पत्नि र अन्य दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : २९ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका