इङ्ग्ल्याण्डका कप्तानले कीर्तिमान बनाउँदा राशिद खान सबैभन्दा महँगा | Khabarhub Khabarhub

इङ्ग्ल्याण्डका कप्तानले कीर्तिमान बनाउँदा राशिद खान सबैभन्दा महँगा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । म्यान्चेस्टरस्थित वल्र्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको इङ्ग्ल्याण्डले अफगानिस्तानविरुद्ध निर्धारित ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो ।

इङ्ग्ल्याण्डका लागि सर्वाधिक १४८ रन बनाएका कप्तान इयोन मोर्गनले विश्वकपको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमानी समेत बनाए । उनले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै कीर्तिमानी बनाएका हुन् ।

यो कीर्तिमानी यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स र वेष्ट इन्डिजका क्रिस गेलको नाममा थियो । जसमा उनीहरुले एकै इनिङ्समा १६ छक्का प्रहार गरेका थिए ।

अफगानिस्तानविरुद्ध इङ्ग्ल्याण्डका अन्य खेलाडीहरुमा जोनी बेरिस्टोले ९० रन बनाए भने जो रुटले ८८ रन बनाए । इङ्ग्ल्याण्डविरुद्ध टस हारेर फिल्डिङ गरेको अफगानिस्तानका बलरहरुले रन नियन्त्रण गर्न नसक्दा लामो लक्ष्य पाएको हो ।

इङ्ग्ल्याण्डविरुद्ध ड्वालत जद्रान र गुलाबदीन नाभिले समान ३–३ विकेट लिए भने स्पिनर राशिद खान सबैभन्दा महँगा सावित भए । उनले ९ ओभर बलिङ गर्दा ११० रन खर्चिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ३० बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो