एनआरएनए ज्ञान सम्मेलनको लागि अमेरिका पुगे मन्त्री शर्मा | Khabarhub Khabarhub

एनआरएनए ज्ञान सम्मेलनको लागि अमेरिका पुगे मन्त्री शर्मा


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एएनसीसीको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुने भएका छन् ।

रिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न  ११ औँ वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलनमा सहभागी हुन् गत जुलाई २ का दिन शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् ।

यस पटक उनको आगमनले निकै महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघले उठान गरेको गैर आवासीय नागरिकता लगायत विषयमा उनको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहेका छन् ।

नेपालमा आगामी निर्वाचन र संसदमा अड्किएर बसेको गैर आवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यस तर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त विषयमा सकारात्मक कदम चाली रहेको छ ।

आज हुने दुई दिने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहने छन् । दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत प्रस्तुत गरिने छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ३५ बजे

किसानले खाद्य संस्थान जनकपुरलाई बिक्री गरेनन् गहुँ

जनकपुरधाम– बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान

नेताले जितेको, जनता हारेको प्रजातन्त्र

नेपालमा सुशासन कहिले थियो होला ? कुनै कालखण्ड सम्झिँदा पनि

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित

बेनीको शिरमा बन्यो ‘रावण पार्क’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं