विम्बल्डन : जोकोभिच अन्तिम आठमा « Khabarhub

विम्बल्डन : जोकोभिच अन्तिम आठमा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउँदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् ।

सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६-१ र ६-२ ले जिते ।

अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् ।

१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६-१ ६-४ ६-७(८-१०) ६-३ ले पराजित गरे ।

जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४४ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको