अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद पार्टीबाटै निकालिए « Khabarhub

अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद पार्टीबाटै निकालिए


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नरहने गरी निष्कासन  गरेको हो ।

‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरूले गरेको क्रियाकलाप माथि कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम बिद्यान–२०७७ को परिच्छेद–३ सदस्यता सम्वन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद–८ को अनुशासनको कार्यवाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको व्यहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महोत्तरी–४ (क)बाट प्रदेश सांसद रहेका यादवले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरूलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो। स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन्।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ०८ बजे

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो