डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा « Khabarhub

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । डोटीका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

 जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

जिल्लाका बाँकी रहेका पाँच वटा स्थानीय तहलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ । उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चालाई १४ वटा रोगविरुद्धका नौ वटा खोप लगाउने अभियान थालिएको जिल्ला समन्वय समितिका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ०७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको