जनताको सुखी सपना वर्तमान सरकारले पूरा गर्ने मुख्यमन्त्री राईको विश्वास « Khabarhub

जनताको सुखी सपना वर्तमान सरकारले पूरा गर्ने मुख्यमन्त्री राईको विश्वास


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रामा अघि बढेको बताएका छन् ।

विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित मार्क्सवाद अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गर्दै उनले मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट जनतामा आर्थिक समृद्ध कायम गर्नुपर्नेमा जोड दिए ।  उनले यस पाठशालाको अध्ययनबाट हुर्केकाले वर्तमान सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गराउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट विकासको कार्य अघि बढीरहेको चर्चा गर्दै समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिबद्ध रहेको टिप्पणी गरे । उनले पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, अध्ययन अनुसन्धान कार्यमा विशेष सहयोग उपलब्ध गराउने बताउँदै पुष्पलाल चोक आसपासमा ज्येष्ठ नागरिकका लागि चौतारा निर्माण कार्यको पहल गर्ने जानकारी दिए ।

पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, ज्येष्ठ नागरिक तोया घिमिरेले केन्द्रको स्थापनाबाट मार्क्सवादी पुनःजागरण र समाजलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उक्त केन्द्रमा प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म मार्क्सवादको राजनीतिशास्त्र, अर्थशान्त्र र दर्शनशास्त्र अध्ययन गराइने भएको छ ।

विसं २०२४ मा स्थापना भएको विष्णुमाया पुस्तकालयले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र, खाजाको व्यवस्था विद्युतीय पुस्तकालय, सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन र दैनिक बिहान योग अभ्यास गराउँदै आइरहेको छ अध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ११ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन