२७ लागिन् स्वस्तिमा  « Khabarhub

२७ लागिन् स्वस्तिमा 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्ममा पछिल्लो समय अभिनयका हिसाबले अब्बल मानिने अभिनेत्रीमा पर्ने स्वस्तिमा खड्काले आज जन्मदिन मनाइरहेकी छिन् । उनी आजबाट २७ वर्षमा प्रवेश गरेकी छिन् ।

सन् २०१५ को फिल्म ‘होस्टेल रिटर्न्स ’ बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । म्युजिक भिडियोमा देखिरहने स्वस्तिमा पछिल्लो समय भने इभेन्ट, विज्ञापन र ठुलो पर्दाको लागि व्यस्त छिन् ।

उनले यस पटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् ।

आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् । उनले आफ्नो जन्मोत्सवको गतिविधिलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराइरहेकी छिन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : १४ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च