मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने नवनियुक्त वनमन्त्री प्रदीप यादवको भनाइ « Khabarhub

मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने नवनियुक्त वनमन्त्री प्रदीप यादवको भनाइ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् ।

मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताएका छन् ।

ती पालिकामा अहिले वन (रुख विरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोप्ने अभियानको थालनी गरिने मन्त्री यादवको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गरेका हुन् । सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ५१ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल