मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू | Khabarhub Khabarhub

मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नौका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ । स्थानीय पाठ्यक्रम सुरु गरेको पहिलो वर्ष कक्षा एक र ११ को पाठ्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले गत वर्ष कक्षा २, ६ र १२ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।स्थानीय पाठ्यक्रम गाउँपालिकाको विकासका लागि महत्त्वपूर्ण आधार बन्ने सरोकारवालाले बताएका छन् । स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाले स्थानीय परिस्थिति र आवश्यकताको आधारमा निर्माण गरिने भएकाले पनि यो स्थानीय विकासका लागि आधार हुनसक्ने सरोकारवालाको विश्वास छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म आठ वटा कक्षाका लागि पाठ्यक्रम निर्माणको काम सम्पन्न भई पालिकाभित्रका ५० विद्यालयमा अध्यापन सुरु गरिएको शिक्षा शाखाकी कर्मचारी कविता आचार्यले बताइन् । पाठ्यक्रम तयार भएसँगै सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा सुझाव संकलन गरी सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको आचार्यको भनाइ छ ।

नगरपालिकाले स्थानीय पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ०५ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट