जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक  « Khabarhub

जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेका छन्।

अध्यक्ष उपेन्द्र यादवले वीर गन्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भनेका छन् । उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : २१ बजे

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६